नलगाडमा करेन्टको जोखिम

नलगाड नगरपालिका डोल्पा सडक खण्ड चामाखेत, गुनभिर, हुदै खगेनकोट बफेलगाउ सम्म करेन्टको जोखिम मोलेर बत्ती बालेको स्थानियले बताएका छन् ।

गएको महिना अबिरल वर्षाका कारण पहिरोले पोल भत्किई तारहरु भुइमा झुन्डिएका छन । सो पोलहरु नगाडेर काठले अड्याएर लाईन छोडिएको स्थानिय बताउँछन् ।
विधुत महसुल भने प्रत्येक महिनाको एक सय प्रति घर सगै युनिट को छुट्टै उठाइएको बताएको छ ।
स्थानिय लाईन लाई केन्द्रीय पोल मा बिना इन्सुलेटर पाइप मा राखि लाईन सन्चालन गरिएको छ । स्थानियको भनाई अनुसार गत महिना भेडाबाख्रा चराउने क्रममा एक भेडाको करेन्ट ले मृत्यु भएको हो । जतिसक्दो राम्रो र सुरक्षित लाईन बिस्तार गरि सेवा दिन स्थानियको माग रहेको छ ।
केन्द्रीय लाईन संचालन नभयको र सो पोलको लाईनमा स्थानिय नगरपालिकाको लाईन बाटो–बाटो मा कनेक्सन गरि( जुवाड) गरि बत्ती बालिएको छ । भोलि हामि लाई करेन्ट लाग्यो भने यसको जिम्मेवार को हुन्छ ? भन्दै स्थानियले विभिन्न प्रश्न उठाउने गरेका छन् ।






