कर्णालीका गहना

सुर्खेत । देशको हालको व्यवस्था अथवा कर्णालाीमा प्रदेश खेलकुद विकास परिषद्को स्थापना भएपछि प्रदेशले करिव ४७ वटा पदक कर्णालाी भत्र्याएकाे छ । राष्ट्रपति रनिङ्ग शिल्ड, साफ महिला फुटबल, नवौँ राष्ट्रिय खेलकुद, रिङ्किम नेपाल स्ट्रेन्थलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कर्णालाीका खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दै पदकहरु भत्र्याएका थिए । यसअघि कर्णालाी प्रदेश खेलकुद विकास परिषद्ले समेत यी खेलाडीहरुलाई नगदसहित सम्मान समेत गरिसकेको छ । कर्णालाीलाई विभिन्न प्रतियोगितामा स्वणर्, रजत र काँस्य पदक दिलाउने खेलाडीहरुलाई परिषद्ले सम्मानित गरेको थियो ।

कसले ल्याए पदक ?
स्वणर्पदक विजेतातर्फ उसुमा दीपक हमाल, एथ्लेटिक्समा दुर्गबहादुर बुढा रहेका छन् । यसैगरी उसुमा आशा शाही, एथ्लेटिक्समा दुर्गबहादुर बुढा, आईटिएफ तेक्वान्दोमा मिलन धामी, जनमबहादुर बुढाले रजत पदक जितेका थिए ।
काँस्य पदकतर्फ आईटिएफ तेक्वान्दोमा कमला विक, महेन्द्र बुढाथोकी, उसुमा गोमा आफ्रे, तेक्वान्दोमा बिबिका बस्नेत, ईला खत्री, जोन रावत, कराँतेमा एलिसा रास्कोटीले पदक जितेका थिए । कराँतेतर्फ एलिसा रास्कोटीमगर, बक्सिङतर्फ अस्मिता चन्द, प्रकाश शाही, फुलकन्ट्याक कराँतेतर्फ प्रमिला बुमी, जुडोमा हिरा आचार्यले काँस्य पदक जितेका थिए । यी सबै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेताहरु हुन् ।
साफ महिला फुटबल प्रतियोगितामा हुम्लाकी दीपा शाहीले रजत पदक जितेकी थिइन् । सिङ्किम नेपाल स्ट्रेन्थ लिफ्टङ्ग प्रतियोगितामा सुर्खेतकी खगिसरा घर्तीले स्वणर् पदक जितेकी थिइन् । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उसुतर्फ सुरेश चौधरी, एथ्लेटिक्समा अजय विकले स्वणर् पदक जितेका थिए । यसै प्रतियोगितामा भावना फर्सालले आठ सय मिटर र चार सय मिटर दुबैमा स्वणर् पदक जितेकी थिइन् । यस प्रतियोगितामा एथलेटिक्सतर्फ नै प्रकाश बुढा, सपना रसाईली, हिमाली शाही, विमला कार्की, सन्दिप देउजा, शुशील वली र तेक्वान्दोमा काजल विकले रजत पदक जितेका थिए ।
यसै प्रतियोगितामा एथलेटिक्सतर्फ अजय विक, कराँतेमा प्रियंका शाही, ममता नेपाली, ज्ञानेन्द्र सुनार, लक्ष्मणकुमार शाही, तेक्वान्दोमा ललित बुढा, सुलोचना चौधरीले काँस्य पदक जितेका थिए । यस प्रतियोगितामा कबड्डीमा मोहन पुनमगर, दिवसकुमार शाही, ललित क्षेत्री, प्रिन्स शाही, रिकेश चन्द, धर्मेन्द्र बम, नकुल बम, शेरबहादुर भण्डारी र मौषम विकले कास्य पदक जितेका थिए ।
खेलकुद गतिविधिमा उत्साह थपिएको छः परिषद्
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई कणर्ाली प्रदेश सरकारले पुरस्कृत तथा सम्मान गरेकोमा खेल जगतमा उत्साह थपिएको कणर्ाली खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र संज्याल बताउँछन् । उनले भने, ‘पदक विजेता खेलाडीलाई सम्मान गर्दा कर्णालाीको खेलकुद गतिविधिमा थप उत्साह थपिएको छ । सरकारले कणर्ालीका
खेलाडिलाई पुरस्कारसहित सम्मान गरेर कदर गरेकोमा हामी पनि खुशी छौ ।’ १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालाीमा नै आयोजना हँुदैछ । त्यसअघि मुख्यमन्त्री कप, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समेत हुँदैछन् ।






