ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते

काठमाडौं,४  फागुन ।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्। उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालमा उपचार जारी छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए। महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेक स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन्।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ। उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो।

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते

 रास्ट्रपति रनिङ्ग शिल्डको उपाधि शारदा जनकल्याण मावि

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते

यस्तो छ आजको मौसमः तराईमा मध्यान्हसम्म हुस्सु

Leave a comment

Your email address will not be published. Required fields are marked *