पूर्वाधार अभावका कारण ओझेलमा पर्दै ऋणमोक्ष तिर्थ

कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको छायाँनाथरारा नगरपालिका वडा नं–१२ को दक्षिणी दिशा तिर अवस्थित ऋणमोक्ष तिर्थ (दह) प्रचार प्रसार र पूर्वाधार अभावका कारण ओझेलमा पर्दै आएको छ ।

समुन्द्री सतह देखि करिब तीन हजार नौं सय मिटरको उचाईमा अवस्थित यस ऋणमोक्ष तिर्थ मा साउन महिनाको नवमी तिथि देखि जनै पूर्णिमासम्म भव्य धार्मिक मेला लाग्ने गर्दछ । मेला भर्न , ऋणमोक्ष दहमा स्नान गरी भगवानको दर्शन गर्न कर्णाली प्रदेशका मुगु लगायत जुम्ला, जाजरकोट, कालिकोट, हुम्ला डोल्पा, दैलेख, सुर्खेत बाट तामझामका साथ विभिन्न देवताका धामीहरू आउने गर्दछन् ।

मुगुको गमगढी बजारबाट दुई दिनको पैदल दुरीमा पुगिने उक्त स्थानमा आवश्यक पूर्वाधार तिर कसैको ध्यान नपुगेको मन्दिरका पुजारी सनत कुमार हमाले बताए । यस तीर्थमा दर्शालु भक्तजनहरू धेरैको संख्यामा आउने भएकाले उनीहरूको बासको लागि निवर्तमान नगरप्रमुख हरजङ्ग शाहीको कार्यकालमा बनेको एउटा धर्मशाला बाहेक अन्य कुनै भवन नभएकाले दर्शालु भक्तजनहरूले बसाईमा विभिन्न दुख झेल्नु परेको पुजारी हमालले बताए ।

धार्मिक दृष्टिकोणले अत्यन्तै प्रसिद्ध र मोच्छ प्राप्त गर्ने तीर्थस्थल को रूपमा मानिने ऋणमोक्ष तिर्थ स्थलमा पूर्वाधार, संरचना र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको शिक्षक एवं कवि मैनादल बुढा पहाडीको भनाई रहेको छ ।

ऋणिमोच्छ तिर्थ स्थलको प्रवर्द्धनका लागि संघीय, प्रदेश र स्थानीय तहका तिनै सरकारको प्राथमिकतामा नपरेको छायाँनाथ रारा नगरपालिका वडा नं १० का समाजसेवी कृष्णबहादुर सेजुवालको गुनासो छ ।

ऋणमोक्ष, छायाँनाथ, राराताल लगायत जिल्लाका सबै पर्यटकीय स्थलहरूको पहिचान गरि गुरुयोजना नबनाइँदा भय गरेका जिल्लाका महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हरू ओझेलमा परिरहेको स्थानीय वासी सेजुवालको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वासको धरोहरको रूपमा रहेको ऋणमोक्ष तीर्थको संरक्षण, संवर्द्धन गर्ने काम नगरको नीति तथा कार्यक्रमले समेटेकोले सोही नीति अनुसार अघि बढ्ने नगर प्रमुख भामले बताए ।

ऋण मोक्ष तीर्थको प्रचार, प्रसार, संरक्षण एवं प्रवर्द्धनका गरी सडक सञ्जालमा जोड्न सकेमा पर्यटकको बाक्लो उपस्थिति भई यहाँ रोजगारीको स्थिति सृजना हुन सक्ने अपेक्षा गरिएको छ ।

पूर्वाधार अभावका कारण ओझेलमा पर्दै ऋणमोक्ष तिर्थ

कर्णालीका सम्भावना समेटेर १६ औँ योजना बनाउन

पूर्वाधार अभावका कारण ओझेलमा पर्दै ऋणमोक्ष तिर्थ

डा. गोविन्द केसीले तीन दिने सत्याग्रह शुरु

This will close in 0 seconds