जनमैत्री बजेट आउँछ : मन्त्री सिंह

सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेशको आगामी नीति, कार्यक्रम तथा बजेट जनमैत्री आउने बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको बजेटमा पत्रकारको राय सुझाव माग गरेका सिंहले बजेटमा राजनीतिक गन्धसमेत आउन नदिने दावी गरे ।

संघीयताको पहिलो कार्यकाल प्रदेश स्थापना, संरचनागत, प्रशासनिक र आर्थिक तयारीमा रहेको अवस्थामा त्रुटिगत गल्ती भएको हुन सक्ने भन्दै अब त्यसो नहुने उनले बताए । ‘आग्रह पुर्वाग्रह र भेदभावरहित बजेट निर्माणमा लागि परेका छौं । जनताको बजेट जनतामैत्री हुन्छ ।’ मन्त्री सिंहले भने ‘यहाँ दल तथा नेताको कुनै प्रभाव पर्दैन । संसदीय पद्धतीमा संसदको महत्व छ । सरकारको महत्व छ । यो महत्वलाई जोगाएर आगामी बजेट ल्याउने निवेदन गर्न चाहन्छु ।’

मन्त्री सिंहले आफू मन्त्री भए देखिनै वितरणमुखी योजना र बिचौलियाको रोकथाममा लागिरहेको बताए । समय सापेक्ष यथार्थपरक बजेट ल्याउने बताउँदै मन्त्री सिंहले तत्काल कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा सरकारको ध्यान गएको बताए ।

साथै उनले यसअघि दुई चार लाखका योजनासमेत वितरण भएको तर, ती योजनाबाट कुनै प्रतिफल नआएकाले त्यस्ता योजना अबको प्राथमिकतामा नपर्ने बताए । वितरणमुखी योजना रोकथामका साथै बजारीकरणमा आधारित अनुदान अबको प्राथमिकतामा पर्ने सिंहको भनाई छ ।

जनमैत्री बजेट आउँछ : मन्त्री सिंह

YUGAAWHAN NATIONAL DAILY (2080-02-01)

जनमैत्री बजेट आउँछ : मन्त्री सिंह

YUGAAWHAN NATIONAL DAILY (2080-02-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *