एनएमबी बैंकद्वारा काँक्रेबिहाको सरसफाई
सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकिय स्थल काँक्रेबिहार क्षेत्रमा एनएमबी बैंक कर्णाली प्रदेश शाखाले सरसफाइ गरेको छ । शनिबार विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरी पश्चात काँक्रेबिहार परिसरमा सरसफाई गरेको हो ।
एनएमबि बैंक कर्णाली प्रदेशको आयोजनमा बैंकका कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका पश्चात सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
हरेक वर्ष दिवसका अवसरमा बैंकले विभिन्न सार्वजनिक स्थलहरुकमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका कर्णाली प्रदेश एरिया प्रमुख मित्रराज प्याकुरेलले जानकारी दिए ।