आगामी बजेटका विषयमा छलफल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा राय मागेका छन् ।

आइतबार मुख्यमन्त्री कार्यालयमा शर्माले आगामी बजेटका प्राथमिकताका विषयमा पत्रकारसँग छलफल गरेका हुन् । छलफलमाा मुख्यमन्त्री शर्माले तीन तहका सरकारबीचको सहकार्य र समन्वयको पाटोलाई प्राथमिकताका साथ लैजानु पर्ने भएपनि धेरै कुरामा कानूनी अड्चन रहेको बताए ।

कर्णाली अनुकूल काूुनन बनेका छैनन् योजना छनोटमा समस्या भएको छ । यी समस्याका बाबजुत पनि हामी काम गर्ने भनिरहेका छौं । शर्माले भने, ‘सबै किसिमबाट प्रभावकारी काम हुनुपर्ने हो तर त्यसो भएको छैन । हामी कहाँ ११ सय कर्मचारीको अभाव छ । जसले वजेट कार्यान्वयनमा समस्या आएको छ, आर्थिक संकटको प्रभाव परेको छ, भने हामीले प्रदेशमा सुशासन कायम गर्न सकेका छैनौं ।’

आगामी बजेटमा नागरिकका प्रत्यक्ष सरोकारका विषय, गरिवी निवारण, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिएर समयमै बजेट कार्यान्वयनको पाटोमा लैजानु पर्ने, आवश्यकताका आधारमा मात्रै योजना छनौट हुनुपर्ने, आयोजनाको प्रभावकारी मूल्यांकन, असारे विकास गरेर बजेट खर्च देखाउने परिपाटी रोक्नुपर्ने लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने मुख्यमन्त्री शर्मालाई पत्रकाहरुको सुझाव रहेको थियो ।

आगामी बजेटका विषयमा छलफल

YUGAAWHAN NATIONAL DAILY (2080-01-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *