सल्लीसल्ला सडक एक हप्ता बन्द

सुर्खेत । कर्णाली कोरिडोर अन्तर्गतको खुलालु-सल्लीसल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ । कालीकोट जिल्लाको खुलालु स्थित कर्णालीनदी पारीको पक्की पुलको बायाँ तर्फको सडक सुधारका लागि एक हप्ताका लागि कोरिडोर बन्द गरिएको हो ।

वैशाख ३० गते देखि जेठ ७ गते सम्म कोरिडोर बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले निकालेको सूचना वैशाख ३० गते देखि एक हप्ताका लागि कोरिडोर बन्द हुने उल्लेख छ । पुलको बायाँ पट्टीको सडक सुधारका लागि दुई पटक सम्म ठेक्का हुँदा कुनै पनि निर्माण व्यवसायी काम गर्न इच्छुक नभएका कारणले सडकको खाल्डा पुर्नका लागि सडक विभागले आफै काम गर्ने हुँदा यातायात सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले केही समय अगाडीको आफूलाई पुलको बायाँ तर्फको ओरालो सडक आरसिसी गर्नुपर्ने भएकाले महिना दिन सम्म सडक बन्द गर्नु पर्ने खबर थियो । तर पछि ठेक्का खोल्दा कुनै पनि निर्माण व्यवसायीले काम गर्ने इच्छा नदेखाएका कारणले विभागले आफै भए पनि खाल्डा पुर्ने भनेकाले एक हप्ताका लागि कोरिडोर बन्द गरेको बताए ।

उनले खुलालु देखि बाजुरा हुम्ला तर्फको सडक त खुला हुन्छ, तर सुर्खेत नेपालगन्जबाट हुम्ला तर्फ जाने गाडी मात्र बन्द गरिएको बताए । अव एक हप्ता सम्म लामो दुरीका यातायातका साधन बन्द भएका छन् । काम एक हप्तामा सम्पन्न नभएको खण्डमा कोरिडोर बन्दको केही समय
थपिने छ ।

सल्लीसल्ला सडक एक हप्ता बन्द

ठालुले चुँगा गाउँ किन देख्दैनन् ?

सल्लीसल्ला सडक एक हप्ता बन्द

YUGAAWHAN NATIONAL DAILY (2080-01-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *