बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आन्दोलन चर्किँदै

सुर्खेत,१ फाल्गुन

सुर्खेतमा आइतबार दिउँसो बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्त र स्थानीयहरूले गरेको आन्दोलनले उग्र रूप लिएको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

आइतबार दिउँसो बसपार्कमा बसको ठक्करबाट जाजरकोटकी ६६ वर्षीया नदी रावतको मृत्यु भएको थियो । घटनाको विरोधमा मृतकका आफन्तले आइतबार रातिबाटै सुरू गरेको आन्दोलन सोमबार अहिलेसम्म पनि जारी छ । आन्दोलनलाई साम्य पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनका कारण सवारी आवतजावत पनि रोकिएको छ ।

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आन्दोलन चर्किँदै

YUGAAWHAN NATIONAL DAILY (2079-11-01)

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आन्दोलन चर्किँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने

Leave a comment

Your email address will not be published. Required fields are marked *