गुर्भाकोट ग्यालरी तेस्रो बार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्दै

दिलिप ढकाल/गुर्भाकोट सुर्खेत
गुर्भाकोट नगरपालिका भित्र बिभिन्न सामाजिक सेवा र सचेतनामुलक काम गर्दै आएको गुर्भाकोट ग्यालरीले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसरमा यहि असोज २५ गते देखि कात्तिक ३ गते सम्म गुर्भाकोट नगरपालिकाका बिभिन्न ठाउमा बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ।
जस अनुसार असोज २५ गते विहिवार गुर्भाकोट नगरपालिका १ मालारानी राम्रीकाँडा दहमा विहान १०ः३० बजे सरसफाई हुनेछ भने असोज २५ गते विहिवार नै गुर्भाकोट ८ खटाङ्ग क्षेत्रमा पनि विहान १०ः३० बजे सरसफाई हुनेछ।
यस्तै असोज २६ गते गुर्भाकोट ८ मेहेलकुना खैरेनीमा विहान ८ बजे सरसफाई हुनेछ भने २८ गते आईतवार विहान ८ः३० बजे गुर्भाकोट ८ मेहेलाकुनाको खैरेनीको सिटि हलमा कान सम्बन्धि शिविर संचालन हुनेछ।
कात्तिक १ गते विहान ८ः३० बजे गुर्भाकोट ९ बोटेचौर बजारमा रक्तदान कार्यक्रम सम्पन्न हुने भएको छ। यस्तै कात्तिक १ गते नै गुर्भाकोट ८ मेहेलकुना बजारमा विहान ११ बजे रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम हुनेछ भने कात्तिक २ गते गुर्भाकोट १४ गुमीमा विहान ८ः३० बजे दन्त शिविर एवं स्वास्थ्य चेकजाच हुने भएको छ। र कात्तिक ३ गते शुक्रवार दिउँसो ३ः३० बजे गुर्भाकोट ६ बडाखोली बजारमा दशैँ सुभकामना आदान प्रदान कार्यक्रम हुनेछ। साथै आफुलाई सहज हुने ठाउँमा उपस्थित भई कार्यक्रम सफल बनाउन समेत गुर्भाकोट ग्यालरीले अनुरोध गरेको छ ।







