जुम्लामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न


जुम्लामा मंसिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अन्तर्गतका कार्यक्रमको समापन गरिएको छ ।
चन्दननाथ नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा सामाजिक विकास कार्यालय जुम्लाको सहयोगमा अभियानको औपचारिक रुपमा समापन गरिएको हो । कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा कम गर्नका लागि हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
मानवअधिकार आयोग कार्यालय जुम्लाका प्रमुख धनराज शाहीले लैङ्गिक हिंसाविरुद्ध अभियानले सचेतना फैलाएको बताए । कानुनको पालन सबै नागरिकले गर्नुपर्नेमा जोड दिए । उनले अहिले पनि गाउँमा धेरै अशिक्षित महिला भएका र हिंसामा परेपछि कहाँ जाने के ? के गर्ने भन्ने जानकारी नभएको गाउँठाउँमा अभियानका क्रममा सचेतनाका कार्यक्रम भएको जिकिर गरे ।
महिला तथा बालबालिका शाखा संयोजक पुष्पा थापाले हिंसा नगर्न हिंसा भएको खण्डमा न्यायको खोजी गर्न र सहेर नबस्न आग्रह गरिन् । हिंसामा परेपछि प्रहरीमा जाने भन्ने जानकारी भएपनि मुद्दा मामिलाका कुरा थाहा नभएको अवस्थालाई चिर्दै न्याय प्राप्त गर्न सहज बाटो रोज्न अभियानले सचेतना दिएको उनको दाबी थियो ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले बालविवाह, बलात्कार, यौनजन्य दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा, बहुविवाह, गाली बेइज्जती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सबै हिंसा भएको बताए ।
कानुनले बर्जित गरेका हिंसात्मक गतिविधिलाई सहेर बस्नुभन्दा कानुनी उपचार खोल्नुपर्ने बताए । हिंसा गर्ने लैगिक हिंसाजन्य गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था छ ।
चन्दननाथ नगपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले आगामी दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरु बढ्न नदिन यस्तो खालको चेतना मुलक कार्यक्रमले सहयोग पुग्ने बताए ।
समाजमा जरागाडेको रुढिबादी संस्कृतिले पनि हिंसा बढ्ने हुनाले यस्ता हिम्सालाई न्यूनिकरण गर्न अभियानले सहयोग पुराउनेछ ।
उनका अनुसार समाजमा अहिले पनि आफुले भोगेको हिम्सा लुकाउने र सार्वजनिक नगर्ने हुनाले हिम्सा झन बढदै गएकोले व्यक्त गरे । हरेक वर्षझै जुम्लाका सबै स्थानिय तहमा सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा हिंसा विरुद्धका गतिविधि तथा कार्यक्रम हुदै हुदै आइहरेका छन् ।
समाज पुरातन सोचबाट ग्रसित भएका कारण लैंगिक हिंसा र विभेद न्युनिकरणमा समस्या भएको सरोकारवालाहरुले भनाई रहेको छ ।
यता नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले स्थानिय सरकारले अपांग तथा मानव अधिकारमैत्री कानुन बनाउनु पर्नेमा बताए ।
किडार्क नेपाल जुम्लाका जिल्ला संयोजक श्रीभण्डारीले लैङ्गिक हिंसाले समाजमा पारेको विकृतीका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।
लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन अभियानका बेला मात्र हिंसाको कुरा गरेर पर्याप्त नहुने सरोकारवालाहरुले धारणा राखेका थिए ।
सरकारले २०७५ साल देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको हो ।






