गुर्भाकोटमा चिट्टा तानेर मिनिटेलर वितरण

दिलिप ढकाल
सुर्खेत,२८ माघ ।
गुरभाकोट नगरपालिका वडा नम्बर ४ मा चिट्टा तानेर मिनिटेलर वितरण गरिएको छ। वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि मिनिटेलर वितरण गरिएको हो। आर्थिक बर्ष २०७९÷८० मा गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत रु ४ लाख बजेट बाट वडा भित्रका किसानको माग र आबश्यकता लाई मध्यनजर गर्दै मिनिटेलर वितरण गरिएको थियो।

अनुदानमा मिनिटेलर लिनको लागि गुर्भाकोट नगरपालिका वडा नम्बर ४ भित्रका ८६ जना किसानले आबेदन दिएका थिए भने ६४ जना उक्त कार्यक्रममा उपस्थिति भएका थिए। ।
वडामा भएको चार लाख बजेट बाट १० वटा मात्र मिनीटेलर खरी गर्न सकिने भएकाले आबेदन दिएका ६४ जनाकै सहमतिमा मिनीटेलर लिने किसानको नाम टूङ्ग्याउन चिट्टा प्रणाली अपनाइएको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम बहादुर डाँगीले जानकारि दिए ।

चिट्टा प्रणाली अनुसार कुमारी खत्री,लाल बहादुर घर्ति,शंकर बहादुर खड्का,अम्बा खड्का,उषा खत्री, कुल बहादुर वली,नन्द बहादुर वली ,ज्ञान बहादुर खत्री,पूर्णकला पुन र भिम बहादुर खत्रीले मिनी टेलर प्राप्त गरेका छन्।







