स्वच्छता शिक्षा कक्षा सहजकर्तालाई तालिम


स्वच्छता शिक्षा कक्षा सहजकर्तालाई कालिकोटमा तालिम शुरु गरिएको छ । कालिकोट जिल्लाका पाँच वटा स्थानीय तहका १६ जना महिलाहरुलाई तीन दिने तालिमको आयोजना गरिएको छ । जिल्लाको शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिकाका १६ जना महिलाहरुलाई स्वच्छता शिक्षा कक्षा संचालनका लागि तालिम दिएको छ ।

हेल्भेटास नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटद्धारा संचालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको सहजिकरणमा कार्यक्रम गरिएको हो ।

वास अफिसर चन्द्र प्रकाश केसीले कार्यक्रमको उद्येश्य माथी प्रष्ट पादै हाम्रो शरिरलाइ दैनिक रुपमा चाहिने खानेपानी कसरीइ स्वच्छ पार्ने, स्वच्छ समुदाय बनाउन सवैको भुमिका के कस्तो रहन्छ भन्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

केसीले समुदायमा रहेका परम्परागत अभ्यासका कारण मानव स्वाथ्यमा प्रत्यक्ष रुपमा हानि पुगाउने तत्वलाई रोकथाम गदै सरसफाई र स्वच्छताको क्षेत्रमा कसरी अगाडी बड्न सकिन्छ भन्ने उदेश्यले महिलाहरुलाई तालिम दिएको बताएका छन् ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र कालिकोटका कोषाध्यक्ष गौरी कुमारी शाहीले सहभागि सम्पुर्णलाई शुभकामना मन्तव्य दिदै सरसफाईका क्षेत्रमा पर्ने हरेक क्रियाकलपाहरुमा सवै जना पोख्त भएर लाग्नु पर्ने बताईन् ।
उनले भनिन्, ‘सरसफाई र स्वच्छताका विषयमा प्राय सवैजना जानकार हुनुहुन्छ र पनी हरेक किसीमका ज्ञान, सिपहरु हासिल गर्न यस्ता खाले तालिमहरु लिनुपर्ने छ ।’

सामाजिक सुरक्षा अधिकृत तथा तालिमका प्रशिक्षक पुर्णिमा रानाले स्वच्छता शिक्षा कक्षाका सहजकर्ताहरुले सरसफाईका लागि सरकारले लिएको लक्ष पुरा गर्नमा मदत पुग्ने बताईन् । तालिममा सहभागि महिलाहरुले सिकेका कुराहरु गाउँघरमा लागु गरेमा ठुलो उपलब्धी हुने उनको भनाई छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले तालिममा सहभागि महिलाहरुले खानेपानी तथा सरसफाई, स्वच्छताका विषयमा तालिम लिए पश्चात समुदायमा यस विषयभित्र रही नागरिहरुलाई सरसफाई तथा स्वच्छताका विषयमा ज्ञान बाड्न अनुरोध गरे ।

बुढाले मानिसको जिवनमा सरसफाई तथा स्वच्छता भएन भने विभिन्न रोगहरुले आक्रमण गर्नुका साथै अकालमा ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ भन्दै खानेपानी तथा सरसफाई, स्वच्छताका विषयमा ज्ञान सिकेर लागु गर्नुपर्ने बताएका छन् ।
व्यक्तिगत सरसफाई,घरायसी सरसफाई, समुदाय स्तरिय सरसफाई लगाएत सवै क्षेत्रमा सरसफाई गर्नका लागि आफुबाट लागु गर्नुपर्ने बुढाको भनाई छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाको अध्यक्षता, सामाजिक सुरक्षा अधिकृत पुर्णिमा रानाको प्रमुख आथित्यता तथा हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष गौरी कुमारी शाहीको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा फिल्ड संयोजक (सामाजिक)नरेश दर्जि, फिल्ड संयोजक(प्राविधीक) राजेन्द्रबहादुर शाही, लेखा अधिकृत करुणा चौधरी, जिल्ला स्थित पत्रकार लगाएतका नागरिकहरुको उपस्थित रहेको थियो । कार्यक्रममको संचालन फिल्ड संयोजक नरेश दर्जिले गरेका थिए ।

स्वच्छता शिक्षा कक्षा सहजकर्तालाई तालिम

मानव अधिकारका सवालमा छलफल

स्वच्छता शिक्षा कक्षा सहजकर्तालाई तालिम

लागूऔषधसहित एक जना पक्राउ