लागूऔषध सहित भारतीय नागरिक पक्राउ

कालीकोटबाट आगूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
खाडाचक्र नगरपालिका–२, जितेगडाबाट सदरमुकाम मान्मतर्फ जाँदै गरेको भे १ च ४३९१ नम्बरको बोलेरो गाडीलाई प्रहरीले चेकजाँच गरेको थियो ।

कालीकोटको हुल्मा पोष्ट नजिकै तीन जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको बहराइज मोतीपुर बस्ने अभिषेककुमार कस्यापबाट लागूऔषध फेला पारेको थियो ।

अभिषेककुमार कस्यापको झोलाबाट कालो पलाष्टिकमा धागोले बाँधेर राखेको लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको थियो ।

प्रहरीले लागूऔषधसहित अभिषेककुमार कस्याप र अन्य शंकास्पद दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोटमा राखिएको छ ।

लागूऔषध सहित भारतीय नागरिक पक्राउ

कर्मचारीहरु आन्दोलित

लागूऔषध सहित भारतीय नागरिक पक्राउ

६ पटक म्याद थपियो, महावुमा बनेन पुल