तीज गीत प्रतियोगिता सम्पन्न


सुर्खेत ।
भेरीगंगानगर पालिकाको आयोजनामा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहयोगमा तीज गीत प्रतियोगित सम्पन्न भएको छ ।
सरसफाइ अभियान बर्ष २०८० लाई सफल बनाउन तथा महिला समूहमा फोहोर ब्यवस्थापन सम्बन्धी सचेतना प्रवद्र्धन गर्ने उद्देश्य प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा सरसफाइ र यसको महत्वका बारेमा महत्त्वपूर्ण सन्देश प्रवाह गर्दै विभिन्न महिला समूहहरूले भाग लिएका थिए ।
प्रतियोगितामा विभिन्न समुदायका २६ महिला समूहहरुले आफ्नो मौलिक भेषभुसा र बाजागाजा सहित सहभागिता जनाएका थिए । जसमध्य भागवती टोलविकास संस्था, वडा नम्बर १० प्रथम, शान्तीनगर टोल विकास संस्था, वडा नम्बर १२ दोस्रो र राताचौर टोल विकास संस्था, वडा नम्बर ११ ले तेस्रो स्थान हासिल गरेका थिए, भने अन्य दुई वटा टोल विकास संस्थाहरुले सन्त्वना हासिल गरेका थिए ।
प्रथम, दोस्रो र तेस्रो हुने टोल विकास संस्थालाई क्रमस १० हजार रुपैया, सात हजार रुपैया, पाच हजार रुपैयाँसहित एन्फो संस्थाको सहयोगमा प्रथम, दोस्रो र तेस्रो हुने टोल विकास संस्थाका सबै सदस्यहरुलाई हाईजिङ किटले पुरस्कृत गरिएको थियो ।
यस्तै सन्त्वना स्थान हासिल गर्ने दुई वटा टोल विकास संस्थालाई दुई हजार रुपैयाँ प्रदान गरिएको थियो ।






