मूर्ति चोरिएपछि रित्तिन थाले गुम्बा

डाेल्पा,२७ माघ ।

तल्लो डोल्पा र माथिल्लो डोल्पासम्म पर्ने विभिन्न प्राचीन मूर्ति एकपछि अर्को गर्दै शृंखलाबद्ध रूपमा चोरी हुन थालेपछि गुम्बा नै रित्तिन थालेका छन् । ५ वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, सेलरी सोम्दो, बोन, मिखिम, गाँकर गुम्बालगायत प्राचीन गुम्बाबाट २७ थान पुरातात्विक मूर्ति चोरी भएकोमा ४ थान मूर्ति मात्रै बरामद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

२०७२ मंसिर ८ महिना २७ गते से–फोक्सुन्डो गाउँपालिका ३ मा रहेको सेलरी सोम्दो गुम्बाबाट चोरी भएका १३ वटा मूर्ति अझैसम्म फेला परेका छैनन्। त्यसैगरी, डोल्पो बुद्ध गाउँपालिका वडा नम्बर ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत २८ गते राति ४ थान बुद्धका मूर्ति बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो।

पुरातात्विक मूर्तिहरूसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थ पनि हराएका थिए। हराएका ४ थान मूर्तिमध्ये ३ वटा र एउटा बौद्ध धर्मसम्बन्धी पुस्तक प्रहरी र स्थानीयको सक्रियतामा चोरी भएकै दिन बरामद भएपनि एउटा मूर्ति अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँको ६ सय वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट २०७५ सालमा हराएका ७ थान मूर्तिहरू अझै पत्ता लाग्न सकेको छैन।‘तस्करहरूले गुम्बा मात्रै लुटेनन्, बौद्धमार्गीहरूको आस्था पनि लुटेका छन्।’वडा नम्बर ४ का स्थानीय पालेन बुढाले भने ‘अहिले रित्ता गुम्बाहरूमा आस्था जोगाउनुपर्ने बाध्यता छ।’

नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुन्डो तालको छेउमै रहेको उक्त गुम्बा तालपछिको अर्को आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको थियो। ताल पुगेका पर्यटकहरू एकपटक गुम्बा पुगेरमात्र फर्किने गरेका छन्। चिसोको कारण देखाउँदै सदरमुकाम दुनैमा झारिएका प्रहरी इकाइहरुपनि अहिलेसम्म उपल्लो डोल्पाको साटो सदरमुकाममा बसेका छन्।

७ ठाउँका प्रहरी चौकी सदरमुकाममा झारिएको हो। मंसिरमा झारिएका प्रहरी अब चैतमा मात्र उपल्लो डोल्पा पठाउने गरिन्छ।  द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै सुलिगाड झरेको शे फोक्सुण्डो निकुञ्ज सुरक्षाका लागि स्थापना गरिएको कार्यालयसमेत सदरमुकाम दुनैनजिकै सुलिगाडमा रहेका छन्।

अफ्रिकन स्वाईन फिबरसम्बन्धी कार्यशाला

मूर्ति चोरिएपछि रित्तिन थाले गुम्बा

चिस्यान केन्द्र नहुँदा सुन्तला : कतै धानसँग

Leave a comment

Your email address will not be published. Required fields are marked *