गुर्भाकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सम्पन्न

दिलिप ढकाल
सुर्खेत,२६ माघ ।
स्वास्थका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको सुर्खेतको गुर्भाकोट नगरपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को सुर्यज्योती माध्यमिक बिद्यालय को प्राङ्गनमा सुरु भएको रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता माघ २४ गते सुरु भएर २५ गते सम्पन्न भएको हो।
रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गुर्भाकोट नगरपालिका भित्र रहेका माबि तहका १६ वटा बिद्यालय मध्ये १४ वटा विद्यालयको सहभागिता रहेको थियो। रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी भएका १४ वटा बिद्यालय मध्य ११ वटा विद्यालयले स्वर्ण,रजत र कास्य प्राप्त गर्न सफल भएका छन्।
सबै भन्दा धेरै स्वर्ण,रजत र कास्य प्राप्त गरेको जन सेवा माबि सहारेले ११ स्वर्ण,४ रजत र ६ कास्य प्राप्त गरि नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पहिलो बनेको छ। त्यस्यै सुर्य ज्योति मबी मेहेलाकुनाले ७ स्वर्ण,४ रजत र ६ कास्य प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ भने नेपाल रास्ट्रीय माध्यमिक बिद्यालय बडाखोलीले ४ स्वर्ण,७ रजत र ७ कास्य प्राप्त गरि तेस्रो स्थान हासिल गरेको छ।

यस्तै जना ज्ञान भण्डार माबि कोटखोलाले २ स्वर्ण,५ रजत र २ कास्य प्राप्त गर्दा सरस्वति माबि सिमघाटले १ स्वर्ण, २ कास्य प्राप्त गरेको छ। नेपाल रास्ट्रीय माध्यमिक बिद्यालय कोप्चिले २ स्वर्ण,२ रजत र २ कास्य प्राप्त गर्दा भेरी माध्यमिक विद्यालयले २ स्वर्ण,२ रजत र ३ कास्य प्राप्त गरेको छ।
यस्तै नेपाल रास्ट्रीय माबि ज्यामिरेले १ रजत प्राप्त गर्दा आनन्द माबि गुमिले १ स्वर्ण,३ रजत र १ कास्य प्राप्त गरेको छ। देउती ई.मि.बोर्डीङ्ग स्कुलले १ रजत र १ कास्य प्राप्त गर्दा बालदिप युनाईटेड स्कुल मेहेलाकुनाले १ रजत र २ कास्य प्राप्त गरेका छन् भने सहभागी भएका अन्य तिन वटा विद्यालयले कुनै पनि स्वर्ण,रजत र कास्य प्राप्त गर्न नसकेको गुर्भाकोट नगरपालिका शिक्षा शाखा अधिकृत पदम बहादुर बिकले जानकरी दिए ।
प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स,लगाएतका खेलहरु संचालन भएका थिए। गुर्भाकोट नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका विद्यालयहरुको सहभागीतामा खेलहरु संचालन भएका हुन्। रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको संचालन गुर्भाकोट नगरपालिका शिक्षा शाखा अधिकृत पदम बहादुर बिकले गर्नु भएको थियो। प्रतियोगितामा छनौट भएका खेलाडीलाई जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी हुन पाउँने व्यवस्था गरिएको छ ।






