उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओली वार्तामा
काठमाडौं,२६ माघ ।
सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएको छ। बिहीबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो।
सिंहदरवारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल भइरहेको छ।