सिम्तामा क्लब गठनसँगै नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम

दुर्गा विसी
माघ,२६ माघ ।
सिम्ता गाउँपालिका स्तरीय युवा क्लब गठन तथा नमुना युवा गाउँसभा अभ्यास कार्यक्रमको समापन भएको छ।राष्ट्रिय युवा परिषदको सहयोग ,महिला शसक्तिकरण मञ्चको समन्वय र सिम्ता गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा ,उपाध्यक्ष गोमा शर्मा रेग्मी ,प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा,विभिन्न वडाका वडाअध्यक्ष्यहरुको आतिथ्यतामा भएको कार्यक्रमले यामराज खत्रीको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय युवा क्लब गठन गरिएको छ।

साथै ४ दिन सम्म चलेको कार्यक्रममा सहभागीहरुले नमुना युवा गाउँसभा अभ्यास प्रदर्शनी गरेका थिए । नमुना युवामैत्रीपुर्ण निति तथा कार्यक्रम निर्माण गरि गाउँपालिकामा पेस समेत गरिएको छ ।






