क्रिकेट स्कटल्यान्डले भन्यो– सन्दीपको कानुनी अवस्थाबारे सचेत छौं

काठमाडौं,२६  माघ ।

नाबालिक बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टिममा राखिएको र उनको कानुनी स्थितिबारे आफूहरू सचेत रहेको क्रिकेट स्कटल्यान्डले जनाएको छ। क्रिकेट सम्बन्धि समाचार पोर्टल क्रिकइन्फोमा प्रकासित समाचारअनुसार सन्दीपलाई टिममा राख्ने वा नराख्ने नेपाल क्रिकेट संघ (क्यान) र आइसिसीले विचार गर्नु पर्ने विषय भएको क्रिकेट स्कटल्यान्डले बताएको छ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आगामी फागुन २ देखि कीर्तिपुरस्थिति त्रिवि मैदानमा हुँदैछ। सो सिरिजका लागि सन्दीप १४ जनाको अन्तिम टिममा परेका समेत क्रिकइन्फोले जनाएको छ। आइसिसीमा दर्ताका लागि पठाइएको १४ जना नेपाली खेलाडीको सूचीमा सन्दीप पनि समावेश छन्। यद्यपी क्यानले औपचारिक रूपमा नेपालको अन्तिम टिम घोषणा गर्न बाँकी छ।

गत भदौमा नाबालिक बलात्कारको अभियोग लागेपछि निलम्बित सन्दीपलाई दुई साताअघि क्यानको बोर्ड बैठकले निलम्बन फुकुवा गरेको थियो। जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहे पनि सन्दीपलाई थुनामुक्त गरेर अनुसन्धान गर्न उच्च अदालतले आदेश दिएपछि सन्दीप २० लाख धरौटी बुझाएर थुना मुक्त भएका थिए। यद्यपी उनलाई देशबहिर जान प्रतिबन्ध छ भने काठमाडौं बाहिर जान अनुमति लिन पर्छ।

मुद्दा चलिरहेको अभियुक्तलाई राष्ट्रिय टिममा स्थान दिएको भन्दै विरोध भएपछि क्रिकेट स्कटल्यान्डलाई पनि यसबारे प्रश्न गरिएको थियो। जसमा क्रिकेट स्कटल्यान्डले आफ्नो धारणा सार्वजनिक गरेको हो।

’क्रिकेट स्कटल्यान्ड आगामी आइसिसी क्रिकेट विश्वकप लिग–२ अघि नेपालका सन्दीप लामिछानेको कानुनी स्थितिको बारेमा आएका रिपोर्टहरूबारे सचेत छ,’ क्रिकेट स्कटल्यान्डको भनाइ छ, ’प्रशासनिक निकायको रूपमा, एक टोलीको रूपमा क्रिकेट स्कटल्यान्ड सबै प्रकारका दुर्व्यवहारहरूविरूद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन।’

साथै  क्रिकेट स्कटल्यान्डले अघि भनेको छ, ’यी खेलहरूमा खेलाडीको उपलब्धता नेपाल क्रिकेट संघ र आइसिसीले विचार गर्नुपर्ने विषय हो।’

सेताेपाटी 

क्रिकेट स्कटल्यान्डले भन्यो– सन्दीपको कानुनी अवस्थाबारे सचेत छौं

एकाबिहानै पर्यटन मन्त्री किराँती विमानस्थल अनुगमनमा

क्रिकेट स्कटल्यान्डले भन्यो– सन्दीपको कानुनी अवस्थाबारे सचेत छौं

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या १५ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *