राप्रपा अस्थिरताको कारक बन्दैन : अध्यक्ष लिङदेन

काठमाडौँ ,२५ पाैष ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू देशको अस्थिरताको कारक नबन्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै उनले जनादेशले कसैलाई पनि निषेध गरेर जान नसक्ने सन्देश दिएको बताएका छन् ।

’हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । हामीभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । त्यसैले देशलाई शिरमा राखेर देशका समस्याहरुलाई सामूहिक रुपमा सम्बोधन गर्नुपर्छ,’ लिङदेनले भने ’राप्रपा देशमा अस्थिरताको कारक बन्ने छैन ।’

उनले निर्वाचनबाट जनताले कुनै एक दलप्रति मत्रै विश्वास नगरेको पनि बताए । ’संसद्‍मा यस्तो प्रकारको प्रतिविम्ब छ जसमा सबै राजनीति दल र विचारहरु मिलेर मात्रै अगाडि बढ्न सक्छौं भन्ने जनताको अभिमत छ,’ लिङदेनले भने ’अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था छ ।

अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने सबैलाई थाहै छ ।’ संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

कान्तिपुर 

राप्रपा अस्थिरताको कारक बन्दैन :  अध्यक्ष लिङदेन

यो गठबन्धन प्रतिगमनको पक्षमा छैन, जाँदैन :

Leave a comment

Your email address will not be published. Required fields are marked *