२०८३ आश्विन १७ गते
×

Now Playing

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

कास्की,२५  पाैष ।

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । अधिकारीले आज बेलुका ४ बजेर ३० मिनेट जाँदा शपथ ग्रहण गर्ने प्रदेश प्रमुखका कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

दाहाललाई विश्वासको मत दिने नेपालको संकेत

Leave a comment

Your email address will not be published. Required fields are marked *