२०८३ आश्विन १७ गते
×

Now Playing

मेहेलकुनामा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

दिलिप ढकाल

 सुर्खेत,२५ पाैष ।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा एक दिने निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ सिटि हाल खैरेनीमा यहि पौष २३ गते दन्त शिविर सम्पन्न भएको हो। दाँत, मुख तथा गिजा सम्बन्धि समस्या भएका बिरामी हरुको निशुल्क उपचार गरिएको शिविरमा ६०० भन्दा बढी विरामिहरुले सेवा लिएको जसमा २०० जनाको दात निकालिएको रेश्मा डेन्टल होम कि संचालक बिमला खत्रीले जानकारी दिइन ।

शिविर बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म संचालन भएको थियो। शिविरमा डा. सुरक्षा सिंह ठकुरी ,डा. पूर्णप्रसाद शर्मा , डा. देवराज न्यौपाने, डा. सुनिता ,डा. सुरज राउत ,डा. सुमन पुडासैनी ,डा. बिमला खत्री ,डा. आमिर खान ,डा. दिक्षा देवकोटा ,डा. सुमन नाथ श्रेष्ठ र डा. स्वेता शर्मा र डा.बिमला खत्री ले दात मुख तथा गिजा सम्बन्धि बिरामीको सेवा दीएको बताईएको छ।

रेश्मा डेन्टल होमकी संचालक बिमला खत्री को सभापतित्व तथा गुर्भाकोट नगरपालिका का नगर प्रमुख हस्त पुन को प्रमुख आतिथ्यतामा उक्त दन्त शिविर सम्पन्न भएको हो। गुर्भाकोट नगरपालिका वडा नम्बर ७ मा संचालित रेसमा डेन्टल होम द्वारा आयोजित १ दिने निःशुल्क दन्त शिविरमा गुर्भाकोट नगरपालिका र गुर्भाकोट ग्यालरी ले सहयोग गरेका थिए।

शिविरमा विभिन्न वडाका वडा अध्यक्षहरु,नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी हरु,बुद्दिजिबि तथा संचारकर्मीको उपस्थिति रहेको थियो। दन्त शिविर मा प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्ने सबै लाई आयोजक रेश्मा डेन्टल होमले हार्दिक आभार प्रकट गरेको छ।

मेहेलकुनामा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2079-09-25)

मेहेलकुनामा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा

Leave a comment

Your email address will not be published. Required fields are marked *