२०८३ आश्विन १७ गते
×

Now Playing

लायन्स क्लब सुर्खेत छिन्चु द्वारा क्यान्सर पिडित देबिसरा सार्की लाई आर्थिक सहयोग

दिलिप ढकाल

सुर्खेत,२५ पाैष ।

सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ सुर्खेत छिन्चुले भेरिगंगा नगरपालिका वडा नम्बर १२ छिन्चु बजारमा आयोजित एक कार्यक्रमका बीच क्यान्सर पिडित भेरिगंगा नगरपालिका वडा नम्बर ४ निवासी देबिसरा सार्की लाई आर्थिक सहयोग गरिएको छ।

लायन्स क्लबमा आबद्द भएका विभिन्न व्यक्तिको सहयोगमा जम्मा गरिएको रु एघार हजार पाच सय पाच रुपैया क्यान्सर पिडित देबिसरा सार्कीको हाल क्यान्सर अस्पताल चितवनमा उपचार भईरहेको हुदा निजको बुहारी मिना बिक लाई उक्त रकम हस्तान्तरण गरिएको हो। मेल्भिन जोन्सको १४४औ जन्मउत्सव को उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रममा क्यान्सर पिडित देबिसरा लाई सहयोग गरिएको लायन्स रिजन चियर पर्सन पवित्रा खड्काले जानकारी दिइन ।

साथै उक्त कार्यक्रममा ब्लड प्रेसर र मधुमेह रोगको चेक जाच गरिएको थियो। जसमा एक सय भदा बढीले प्रेसर जाच गरेका थिए भने ८५ जनाले सुगर जाच गरेका थिए। कार्यक्रमको अध्यक्षता लायन्स क्लब सुर्खेत छिन्चुकी अध्यक्ष बिद्या खत्रीले गर्नु भएको थियो भने भेरिगंगा नगरपालिका उप प्रमुख धनसरा बोहोरा प्रमुख अतिथि हुनु हुन्थ्यो। त्यस्तै बिशेष अतिथि हरुमा टिकाराम चपाई र बिनु सि. भास्कर रहनु भएका थिए ।

त्यस्तै कार्यकर्मको अतिथिहरुमा भेरिगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिर बहादुर बस्नेत, वडा नम्बर १२ का अध्यक्ष राम बहादुर डाँगी,लायन्स रिजन चियर पर्सन पवित्रा खड्का ,मंगल प्रसाद शर्मा,एस आर पाण्डे,रामलिला बम,अर्जुन चपाई,गणेश वली,नारायण गौताम कृष्ण वली, अममर वली भेरिगंगा नगरपालिका निबर्तमान उप प्रमुख रेणु आचार्य,निबर्तमान लायन्स अध्यक्ष प्रेम सिंह ठकुरि,सानाकिसान कृषि सहकारीको अध्यक्ष ज्ञानु भुसाल रहृका थिए । त्यस्तै कार्यक्रममा स्वास्थ्यकर्मी , संचारकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो।

लायन्स क्लब सुर्खेत छिन्चु द्वारा क्यान्सर पिडित देबिसरा सार्की लाई आर्थिक सहयोग

प्रतिनिधि सभाको पहिलो बैठक आज, यी नेताहरूले

लायन्स क्लब सुर्खेत छिन्चु द्वारा क्यान्सर पिडित देबिसरा सार्की लाई आर्थिक सहयोग

YUGAAWHAN NATIONAL DAILY (2079-09-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *