सुर्खेतको सिम्तामा जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

सुर्खेत,२५ पाैष
सुर्खेतको सिम्ता गाउँपालिका–९ मुङ्ग्रेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्ता गाउँपालिका–९ की ३५ वर्षकी रमा चन्द रहेकी छन् ।
दुर्घटनामा अन्य ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चालक फरार रहेका र उनको खोजी भइरहेको छ ।
कान्तिपुर





