मेहेलकुना अस्पतालमा कर्मचारीलाई स्वागत कार्यक्रम

दिलिप ढकाल

सुर्खेत,२५  माघ ।

पुर्बी सुर्खेतको मेहेलकुना अस्पतालले लोक सेवा बाट शिफारिस भई आएका नया कर्मचारीलाई स्वागत गरेको छ। लोकसेवा ले लिएको परिक्षाको सबै चरण पारि गरि  सिफारिस भएर आएका १४ जना कर्मचारी लाई स्वागत गरिएको हो।

सिफारिस भई आएका कर्मचारी हरुमा पूर्णकला खड्का (स्टाफ नर्स),रमाकान्त ठाकुर ( एनेस्थेसिया सहायक ),चादनी जोसी (अनमि),हरिकृष्ण न्यौपाने (रेडियो ग्राफर ),रबिन थापा (फार्मेसी सहायक),अनिता तामाङ् (ल्याब टेक्निसियन),अनुप पन्थी( ल्याब टेक्निसियन),छबिलाल वली (ल्याब असिस्टेन्ट),निर्मला कुमारी बिक (अनमी),सन्दिप केसरी (हेल्थ असिस्टेन्ट),रुपा कुमारी पासवाल (हेल्थ असिस्टेन्ट),पबित्र तिरुवा (स्वयम सेवक अनमी ),तुलसी टमटा (स्वयम् सेवक ल्याब असिस्टेन्ट) र शर्मिला बिक (हेल्थ असिस्टेन्ट) लाई अस्पतालमा स्वागत गरिएको हो।

सिफारिस भएर आएका सबै कर्मचारी लाई अस्पतालका सदस्य सचिब तथा मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सोजन सापकोटा,अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष यज्ञ बहादुर बिक,सदस्यहरु हस्त पुन ,रिमा घर्ति,अमृत प्रसाद जैसी र बिर्ख बहादुर नेपाली,जय बहादुर डाँगी र इश्वरी पौडेलले अबिर तथा खादा लगाएर स्वागत गरेका थिए ।

त्यस्तै अस्पतालको सुरक्षाका लागि मेहेलकुना प्रहरी चौकीमा कार्यरत रही हाल मेहेलकुना अस्पतालमा सुरक्षाको रुपमा अाएका  प्रहरी हवल्दार गोपाल गुरुङ लाई पनि स्वागत गरिएको थियो। कार्यक्रममा अस्पतालमा सदस्य सचिब तथा मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सोजन सापकोटाले स्वागत मन्तब्य सहित नया कर्मचारीलाई आफ्नो पद र जिम्वेवारी अनुसार काम गर्न आग्रह गरेका थिए ।

उनले अस्पतालमा आउँने बिरामी नम्र बोलि र ब्यबहार प्रयोग गरि बिरामी लाई सेवा दिन पनि आग्रह गरेका थिए । त्यस्तै  अस्पताल ब्यबस्थापन समितिका पदाधिकारी हरुले पनि आफुले जानेको र सकेको सहयोग गरि बिरामीको आत्मबल बढ्ने गरि सेवा दिन आग्रह गरे । स्वागत कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो। स्वागत कार्यक्रमको सन्चाल अस्पतालका कर्मचारी प्रमोद आचार्यले गरेका थिए ।

मेहेलकुना अस्पतालमा कर्मचारीलाई स्वागत कार्यक्रम

YUGAAWHAN NATIONAL DAILY (2079-10-25)

मेहेलकुना अस्पतालमा कर्मचारीलाई स्वागत कार्यक्रम

वीरेन्द्रनगरमा लागूऔषधसहित चार जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!