गुर्भाकोटमा रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

दिलिप ढकाल
सुर्खेत,२४ माघ ।
स्वास्थका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड आज बाट सुरु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को सुर्यज्योती माध्यमिक बिद्यालय को प्राङ्गनमा सुरु भएको रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको नगर उप(प्रमुख मैना बिकले पानसमा बत्ति बालेर उद्घाटन गरेकि हुन् ।
रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गुर्भाकोट नगरपालिका भित्रका १४ वटा विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रममा सभाको सभाध्यक्ष गरिरहनु भएकी नगर उपप्रमुख मैना बिकले उद्घाटन समारोहमा बोल्दै सभ्य र भब्य तरिकाले रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न गरि पालिका बाट जिल्ला हुदै प्रदेश सम्म गुर्भाकोट नगरपालिकाका को नाम पह्रिचित बनाउन सक्ने बिश्वास समेत ब्यक्त गरेकि छन् ।

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार पुरी,वडा नम्बर ८ का वडा अध्यक्ष किरण बिक,वडा नम्बर ७ का वडा अध्यक्ष बाशुदेव शर्मा,सुर्यज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक हिक्मत रोका,नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश महासचिब गोविन्द प्रसाद ढकाल ले कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।
अहिलेका बिद्यार्थी भोलि गहना भएको बताउदै बिद्यार्थी लाई बिद्यालयमा खेलको पूर्व तयारि गराई रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा सहभागी गराएकोमा बिद्यालय परिवारलाई धन्यबाद दिदै सहभागी खेलाडी लाई गुर्भाकोटको नाम जिल्ला हुदै प्रदेश र केन्द्र सम्म पुर्याउन सक्ने बिश्वास सहित सुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा गुर्भाकोट नगरपालिका वडा नम्बर १ देखि १४ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य बिभिन्न शाखामा कार्यरत कर्मचारी, बिद्यालयका प्रधानाध्यापक,शिक्षक बिद्यार्थी,सुरक्षाकर्मी तथा संचारकर्मीको उपस्थिति रहेको थियो। गुर्भाकोट नगरपालिका शिक्षा अधिकृत पदम बहादुर बिकले रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको संचालन गरेका थिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छनौटका खेलहरु माघ २४ र २५ गते हुने भएका हुन्।

माघ १२ गते गते बसेको प्रअ हरुको बैठक तथा स्थानिय तह रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिको माघ १५ गतेको निर्णय अनुसार गुर्भाकोट नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता संचालन हुन लागेको हो।प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स,लगाएतका खेलहरु हुने छन्। गुर्भाकोट नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका विद्यालयहरुको सहभागीतामा खेलहरु संचालन हुने भएका छन्।





