सुर्खेतबाट एसईईमा आठ हजार बढी विद्यार्थी सहभागि हुँदै

सुर्खेत,२४ माघ  ।

सुर्खेतबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८ हजार ९ सय ९८ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमितमा ८ हजार ६ सय ७९, ग्रेड वृद्धिमा ३ सय १९ प्राविधिक धारका ११९ र खुल्ला २२ जना विद्यार्थीले परीक्षा दिँदै छन् ।

परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका भोज प्रसाद लम्सालका अनुसार सुर्खेतमा मावि स्तरका विद्यालय १६३ वटा मध्ये ५१ संस्थागत र ११२ सामुदायिक रहेका छन् । सुर्खेतका तीनवटा विद्यालयले प्राविधिक विषय पढाईरहेका छन् ।

जसअन्तरगत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुर्भाकोट, शिव माध्यमिक विद्यालय वीरेन्द्रनगर र सुर्य प्रकाश मावि पन्चपुरी रहका छन् । सुर्खेतका तीनवटा माध्यमिक विद्यालयले प्राविधिक कक्षा सञ्चालन गरे पनि प्राविधिकतर्फ विद्यार्थीको सङ्ख्या भने न्यून रहेको प्रमुख लम्सालले बताए ।

परीक्षा सञ्चालनका लागि गत वर्ष सुर्खेतमा १५ वटा केन्द्र निर्माण गरिएको थियो । यस वर्ष भने परीक्षा केन्द्र कति रहने भन्ने विषयमा निर्णय नभएको उनले बताए । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैत १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । पहिलो दिन १७ गते अनिवार्य अग्रेजी रहेको छ ।

 

सुर्खेतबाट एसईईमा आठ हजार बढी विद्यार्थी सहभागि हुँदै

अर्थतन्त्रमा सुधार देखिन थालेसँगै सेयर बजार उत्साहित,

सुर्खेतबाट एसईईमा आठ हजार बढी विद्यार्थी सहभागि हुँदै

कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानुन मन्त्री जिसी

Leave a comment

Your email address will not be published. Required fields are marked *