सुर्खेतबाट एसईईमा आठ हजार बढी विद्यार्थी सहभागि हुँदै

सुर्खेत,२४ माघ  ।

सुर्खेतबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८ हजार ९ सय ९८ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमितमा ८ हजार ६ सय ७९, ग्रेड वृद्धिमा ३ सय १९ प्राविधिक धारका ११९ र खुल्ला २२ जना विद्यार्थीले परीक्षा दिँदै छन् ।

परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका भोज प्रसाद लम्सालका अनुसार सुर्खेतमा मावि स्तरका विद्यालय १६३ वटा मध्ये ५१ संस्थागत र ११२ सामुदायिक रहेका छन् । सुर्खेतका तीनवटा विद्यालयले प्राविधिक विषय पढाईरहेका छन् ।

जसअन्तरगत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुर्भाकोट, शिव माध्यमिक विद्यालय वीरेन्द्रनगर र सुर्य प्रकाश मावि पन्चपुरी रहका छन् । सुर्खेतका तीनवटा माध्यमिक विद्यालयले प्राविधिक कक्षा सञ्चालन गरे पनि प्राविधिकतर्फ विद्यार्थीको सङ्ख्या भने न्यून रहेको प्रमुख लम्सालले बताए ।

परीक्षा सञ्चालनका लागि गत वर्ष सुर्खेतमा १५ वटा केन्द्र निर्माण गरिएको थियो । यस वर्ष भने परीक्षा केन्द्र कति रहने भन्ने विषयमा निर्णय नभएको उनले बताए । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैत १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । पहिलो दिन १७ गते अनिवार्य अग्रेजी रहेको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *