लैङ्गिक हिंसा विरुद्ध जर्मीगाउँमा कानुनी सचेतना


तातोपानी गाउँपालिका – २ जर्मीगाउँमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम गरिएको छ ।
इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा २ नम्बर वडापालिकाको समन्वयमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम गरिएको हो ।
लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रमको सहजीकरण वरिष्ठ अधिवक्ता देवेन्द्र शर्माले गर्नु भएको हो।समाजमा लिंगाका आधारमा गरिने भेदभावलाई निरुत्साहित गर्नका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए ।
उनले भने, ‘जसका कारण मानव बृत्ति विकासमा प्रत्यक्ष असर पर्ने गरेको छ ।’ यस्तो कार्यक्रमले समुदायका नागरिक कानुनी रुपमा सचेत हुने भएको तातोपानी गाउँपालिका – २ की रोशनी रोकाया बताउँछिन् । उनले भने,‘अहिले पनि धेरै अशिक्षित महिला छन् ।’ हिंसामा परेपछि कहाँ जाने के गर्ने भन्ने जानकारी हुदैन ।
सामान्य तह हिंसामा परेपछि प्रहरीमा जाने भन्ने जानकारी भएपनि मुद्दामामिलाका कुरा थाहाँ हुदैनन् । जसका कारण न्याय प्राप्त गर्न असहज भएको हुन्छ । लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रममा सहजीकरण गर्दै वरिष्ठ अधिवक्ता शर्माले बताए ।
कानुनको पालन सवै नागरिकले गर्नु पर्दछ । समाजमा अहिले धेरै किसिमका हुने गरेको पाइन्छ । जस मध्ये लिंगामा आधारमा गरिने भेदभाव लैङ्गिक हिंसा हो । हिंसाका प्रकृति धेरै प्रकारका रहेका छन् ।
बालविवाह, जबरजस्तीकरणी बलात्कार, यौनजन्य दुव्र्यवहार, जबरजस्ती विवाह, घरेलु हिंसा, बहुविवाह, दाइजो हिंसा, गाली बेजती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सवै हिंसा हुन् ।
अधिबक्ता शर्माले यि सवै कानुनले बर्जित गरेका हिंसात्मक गतिविधि हुन् । यस्ता गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था रहेको छ।जिल्लामा निशुल्क कानुनी सहायता दिने बैतनिक वकिलको पनि व्यवस्था गरेको बताए ।
राज्यले सेवासुविधा दिएर वैतनिक वकिल एक जना जिल्ला अदालत र एक जना उच्च अदालतमा व्यवस्था गरेको छ ।






