चौकुनेमा कृतिम गर्भाधानको बजेट दुरुपयोग
सुर्खेत, २३ माघ ।
चौकुने गाउँपालिका पशु सेवा शाखामा विगत तीन बर्षदेखि कृतिम गर्भाधानका लागि पठाएको बजेट पूर्ण रुपमा खर्च भएको छ । घरपालुवा पशुहरुमा कृतिम गर्भाधानका लागि खर्च गर्ने गरी पठाइएको बजेट पूर्ण रुपमा खर्च देखाइएपनि कृतिम गर्भाधान भने शुन्य जस्तै भएको छ । जुन प्रयाेजनका लागि पठाइकाे बजेट हाे साेही प्रयाेजनमा खर्च नगरेर अन्यत्र खर्च गरी बजेटकाे दुरुपयाेग गरिएकाे हाे ।
बार्षिक २ लाख ८० हजारदेखि ३ लाखसम्म बजेट पालिकामा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट पठाउने गरिएको छ । उक्त बजेटबाट भैँसी, गाई, बाख्रामा कृतिम गर्भाधानमा उक्त बजेट खर्च गर्नुपर्ने प्राव्धान रहेको छ तर उक्त कार्यमा बजेट प्रयोग नभएको स्रोतको दावि छ ।
चौकुने गाउँपालिकाबाट विगत दुई बर्षदेखि कृतिम गर्भाधानको कुनै काम भएको छैन । बार्षिक कृतिम गर्भाधान भएको रेकड पशुपंक्षी विकास निर्देशनालय सुर्खेत र संघीय मन्त्रालयमा रेकर्ड पठाउनुपर्ने हुन्छ तर विगत दुई बर्षदेखि कुनै रेकर्ड पठाइएको छैन ।