छरछरेमा पाठेघर सम्बन्धि शिविर संचालन हुदै

दिलिप ढकाल
सुर्खेत,२३ माघ ।
सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र छरछरेमा पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुको लागि शिविर संचालन हुने भएको छ। गाउपालिकाको कार्यालय रामपुर सल्यानले एक सुचना जारि गर्दै यहि माघ २४ गते शिविर बस्ने जानकारी गराएको छ।

कालिमाटी गाउपालिका वडा नम्बर ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र छरछरेमा बिहान १० बजे देखि ४ बजे सम्म शिविर संचालन हुने छ। शिविरमा पाठेघरको मुखको क्यान्सरको जाच,पाठेघर खसेको स्क्रिनिंग जाच तथा पाठेघर सम्बन्धि अन्य स्वास्थ्य जाच तथा उपचार सम्बन्धि शिविर संचालन हुने भएको छ।
पाठेघर सम्बन्धि समस्या भएका महिला हरुले समयमै स्वास्थ्य परिक्षण गराई मौकाको फाईदा उठाउन समेत पालिकाले अनुरोध गरेको छ।






