धेरै विश्लेषण गरेर मात्र सरकारलाई विश्वासको मत दिनेबारेमा निर्णय गर्छौं :  अध्यक्ष नेपाल

काठमाडौँ,२२ पाैष ।

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् । सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाइ थियो ।

शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणासमेत राखे ।‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन ।

व्यक्तिगत भावना राख्नेहरूको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईंहरूले भनेजस्तो कुनै ठोस कुरा भएका छैनन् । जुन गाउँ जानु छैन ।

जब कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अब यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं । अब विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रूपमा प्रचण्डजीप्रति मेरो पोजिटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नुपर्छ,’ उनले भने ।

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत उनले बताए । अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताका लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए । अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने बताए । अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको’ इस्यु’लाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने कुरा दोहोर्याए ।

कान्तिपुर 

धेरै विश्लेषण गरेर मात्र सरकारलाई विश्वासको मत दिनेबारेमा निर्णय गर्छौं :  अध्यक्ष नेपाल

आईसीसी टोली अकस्मात् काठमाडौंमा

धेरै विश्लेषण गरेर मात्र सरकारलाई विश्वासको मत दिनेबारेमा निर्णय गर्छौं :  अध्यक्ष नेपाल

राहदानीको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!