यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडाैं,२२ पाैष ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु लागिरहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम रातीसम्म चल्ने महाशाखाले जनाएको छ ।

तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ आजको मौसम पूर्वानुमान

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!