अब घरमै टेलीफोन सेवा


दिलिप ढकाल
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ६ दहचुली डाँडामा निर्माण सम्पन्न भएको नेपाल टेलिकमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कालिमाटी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकराज पुलामीको अध्यक्षता, जिल्ला समन्वय समिती उपाध्यक्ष असविर बुढाको प्रमुख अतिथि र कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसि को विशेष अतिथिका साथ कार्यक्रम सुसम्पन्न गरिएको हो ।
आइतवार सन्चालनमा आउने भनिए पनि प्राविधिक कारण सन्चालनमा भने २१ गते मंगलवारका दिन देखि टु जि र फो जि एकैसाथ सन्चालनमा आउने भनी टेलिकमका प्राविधिकहरुले कार्यक्रममा जानकारी गराए।
यो टावर सन्चालनमा आए पश्चात् कालिमाटी गाउँपालिका ५,६ र ७ नम्बर वडा स्थानिय बिशेष लाभान्वित हुनेछन, भने आसपासका जिल्लामा समेत यो टावरले काम गर्नेछ ।







