राउटे महामुखिया महिनबहादुर शाहीको निधन


राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेरमा आइतवार निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा उनको निधन भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर केसीले जानकारी दिए ।

कोइराला गाउँबाट रतुवाखोलामा बसाइँ सरेको पाँचौँ दिन आइतवार महामुखियाको निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको प्रबन्ध गरी राउटे समुदायका सबैजसो मृतक महिनबहादुरको शव गाड्ने काममा जुटेका केसीले बताए ।

स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ सालदेखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो ।

२०७१ सालमा ऐनबहादुर शाही डुङ्गेश्वरमा भिरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण शाहीले मुखियाको जिम्मेवारीमा रहेका छन् ।

राउटे महामुखिया महिनबहादुर शाहीको निधन

नेपाल र ओमानबीचको खेल सुपर ओभरमा

राउटे महामुखिया महिनबहादुर शाहीको निधन

नेपाल ओमानसँग सुपर ओभरमा पराजित

This will close in 0 seconds