सम्पादकीय

औलो परिक्षण दायरा बढाऊ

नेपाल औलो रणनीतिक योजना अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य छ । सो अनुरुप नै सबैभन्दा पहिले स्थानीय औलो बिरामीको संख्या शुन्यमा झार्ने योजनाको उद्देश्य हो । कर्णालीमा २०७८/०७९ मा १८ जना स्थानीय औलोबाट संक्रमित भएका थिए । यो संख्या देशभरमै सबैभन्दा उच्च संख्या हो । सन् २०२५ आईपुग्न दुई वर्षको समय छ । तर यता कर्णालीमा भने स्थानीय औलो रोग पुष्टी भएका विरामीको संख्या देशभरमै सबैभन्दा उच्च देखिन्छ । २०७८/०७९ को तथ्यांक हेर्दा कर्णाली प्रदेशमा १२ लाख ५१ हजार जनसंख्या औलो रोगको जोखिममा छन् । प्रदेशहरुमा जोखिम कम भएका जनसंख्याका आधारमा हेर्ने हो भने कर्णाली प्रदेश तेस्रो स्थानमा छ । कर्णाली अघि कोशी र मधेश प्रदेशमा न्यून जनसंख्या औलोको जोखिममा पर्छन् । १२ लाख बढी जनसंख्या औलोको जोखिममा रहेको कर्णालीमा परिक्षण पछि भेटिने संक्रमित विरामीको संख्या भने अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै छ । यहाँ २०७८/०७९ मा १९ हजार पाँच सय ९१ जनामा रक्त परिक्षण गरिएकोमा ४८ जनामा औलो पुष्टी भएको थियो । रक्त परिक्षण पश्चात विरामीहरुमा औलो पुष्टी भएको दर कर्णालीमा शुन्य दशमलव २५ प्रतिशत छ । यो संख्या अन्य प्रदेशहरुको तुलनामा धेरै नै हो ।

२०७८/०७९ मा देशभर करिव तीन लाख जनसंख्यामा औलो रोगका लागि रक्त परिक्षण गरिएको थियो । यस मध्य कणर्ालीमा संख्यात्मक रुपमा ६ प्रतिशत जनसंख्यामा मात्र रक्त परिक्षण भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा देशभर कुल दुई लाख ९२ हजार आठ सय ३८ जनामा औलो परिक्षण भएको थियो । कर्णालीमा भने यो संख्या १९ हजार पाँच सय ९१ छ । प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै रक्त परिक्षण भएको देखिन्छ । यहाँ ८० हजार सात सय २६ जनामा औलो परिक्षण भएको छ । यसैगरी सुदुरपश्चिममा ७४ हजार नौं सय ४६, लुम्बिनी प्रदेशमा ५७ हजार तीन सय ७६, मधेश प्रदेशमा २४ हजार आठ सय २५, कोशी प्रदेशमा २३ हजार नौं सय १२ र गण्डकी प्रदेशमा ११ हजार चार सय ६२ जनामा औलो परिक्षण भएको थियो ।

कर्णालीलाई औलो मुक्त प्रदेशको घोषणा गर्न यहाँ ५० हजार भन्दा धेरै जनसंख्यामा औलो रोगका लागि रक्त परिक्षण आवश्यक पर्छ । यसका लागि कणर्ालीमा प्रयाप्त ‘आरडिटी किट’हरु समेत उपलब्ध छन् । औलौ मुक्त प्रदेश निर्माण अभियानको अन्तिमका वर्षहरुमा स्थानीय स्तरमा परिक्षण दायरालाई फराकिलो बनाउँदै लैजानुपर्छ । अन्य प्रदेशको तुलनामा हामी रक्त परिक्षणको अवस्थामा निकै पछाडी छौँ । समुदाय स्तरसम्म पुगेर रक्त परिक्षण तथा लामखुट्टेका लार्भा हुर्कनसक्ने सम्भावित स्थानहरुको पहिचान र नष्ट गर्ने अभियान समेत सँगै सञ्चालन गरिनुपर्छ । बढी भन्दा बढी रक्त परिक्षण र लार्भा नष्ट गर्ने अभियानमा कर्णालीको स्वास्थ्य सेवा निर्देशनालय र आवद्ध जनशक्तिको पूणर् प्रयाप्तता नहोला, यस अभियानमा स्थानीय तह समेत सक्रिय हुनुपर्छ । स्थानीय तहको सक्रियतामा वडा स्तरबाटै अभियानमा संलग्नता बढाउन सके कर्णालीलाई औलो उन्मुलन घोषणा गर्न गाह्रो भने छैन ।

तपाईको प्रतिक्रिया