भान्जा-भान्जीसहित १७ जनालाई उपकुलपतिले सोझै दिए नियुक्ति

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले भान्जी नाता पर्ने सहित १७ जनालाई विना प्रतिष्पर्धा नियुक्ति दिएका छन् । विश्वविद्यालयको सेवा आयोगलाई समेत निष्क्रिय बनाउँदै उनले कार्यालय सहयोगी देखि इन्जिनियरसम्मका पदमा विना प्रतिष्पर्धा कर्मचारी नियुक्ति गरेका हुन् ।

विश्वविद्यालय स्रोतका अनुसार उपकुलपति सिंहले भान्जी नाता पर्ने कल्पना शाहीलाई कृषि क्याम्पस, रामघाटका लागि तोक आदेशमा मुख्य सहायक लेखा पदमा नियुक्ति दिएका छन् । यसैगरी उपकुलपतिका भान्जा नाता पर्ने वीरेन्द्र सिंहलाई इन्जिनियरिङ्ग संकायमा अधिकृत सरहको सेवा सुविधा पाउँने गरी इन्जिनियर पदमा नियुक्ति दिएका छन् ।

बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरमा मुख्य सहायक पदमा अर्का एक जनालाई ठाडो आदेशमा नियुक्ति दिइएको छ । इन्जिनियरिङ्ग संकायमा उपकुलपतिका भान्जा सिंहसहित सुनिल तिवारी, समित दाहाललाई समेत अधिकृत सरहको सेवा सुविधा पाउँने गरी इन्जिनियर पदमा नियुक्ति दिइएको हो । त्यसैगरी विश्वव्यापी भाषा केन्द्रमा विपिका कुँवरलाई मुख्य सहायक सुब्बा सरह र पूणर्बहादुर घर्तीलाई कार्यालय सहयोगीमा नियुक्ति दिइएको छ ।

केन्द्रीय कार्यालयमा तीन जना कार्यालय सहयोगीलाई नियुक्ति दिइएको छ । यहाँ शैलेन्द्र मल्ल, नरेन्द्र पोखरेल र केशव भण्डारीलाई विना प्रतिस्पर्धा नियुक्ति दिइएको स्रोतले जानकारी दियो । डीनको कार्यालयमा मिना पौडेललाई कार्यालय सहायक पदमा र बिनोद घर्तीलाई कार्यालय सहयोगी हुँदै प्रशासन सहायकमा नियुक्ति दिइएको छ । सेवा आयोगको कार्यालय सहायक पदमा उर्मिला चौधरी, विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसमा कृष्ण थापालाई कार्यालय सहायक पदमा र इन्जिनियरिङ्ग संकाय, बामेखोलामा अन्य तीन जनालाई कार्यालय सहायक पदमा उपकुलपतिले सोझै नियुक्ति गरेको स्रोतको दावि छ ।

तर यता मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर नारायणप्रसाद पौडेलले भने विज्ञापन गरेर प्रक्रियागत तवरले विश्वविद्यालयहरुले आवश्यकता भएका स्थानमा करारमा कर्मचारि नियुक्ति गरेको बताउँछन् । उनले भने, ‘कर्मचारीको आवश्यकताको माग आएको स्थानमा त्यहाँको आन्तरिक स्रोतले भ्याएसम्म प्रक्रियागत तवरले कर्मचारी नियुक्ति भएका छन् । केहि स्थानमा कर्मचारी नियुक्ति भैसके भने केहि स्थानमा प्रक्रिया अझै बाँकी नै छ ।’

तर उपकुलपतिको भान्जा भान्जी नियुक्ति भएको विषयमा भने आवेदनमा कुन पदाधिकारीको नाता पर्छ-पर्दैन भन्ने स्पष्ट नहुँने उनको भनाई छ । पछिल्लो समयमा नियुक्ति भएकाहरु प्रक्रियागत रुपमा विज्ञापन आह्वान गरेरै करारमा कर्मचारी लिइएको उनले दावि गरे ।

भान्जा-भान्जीसहित १७ जनालाई उपकुलपतिले सोझै दिए नियुक्ति

जनप्रतिनिधिलाई क्षमता विकास तालिम

भान्जा-भान्जीसहित १७ जनालाई उपकुलपतिले सोझै दिए नियुक्ति

सुनको मूल्यमा नयाँ कीर्तिमान

Leave a comment

Your email address will not be published. Required fields are marked *