जनप्रतिनिधिलाई क्षमता विकास तालिम

सुर्खेत । भेरीगंगा नगरपालिकाका जनप्रतिनिधिहरुको लागि तीन दिने क्षमता विकास तालिम सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर सम्बन्धित विषय सम्बन्धी तालिम बुधवारबाट नगरपालिको सभाहलमा सुरु भएको हो । भेरीगंगा नगरपालिकाले तालिमको आयोजनामा गरेको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले शान्ति र सुशासन अभिवृद्धि गर्ने विषयमा मद्दत पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए ।

नयाँ आर्थिक वर्षका लागि योजनामा तर्जूमा गर्नु भन्दा अगावै तालिम सञ्चालन भएकोले जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिमले मद्दत गर्ने उनको भनाई थियो । तालिमको अवधिमा सिकेका विषय व्यवहारमा लागू गरी सुशासनयुक्त, नीति, विधि र प्रविधि सञ्चालन गरी नमुना वडा र नगरपालिका बनाउन सहभागीसँग उनको आग्रह थियो । तालिममा स्थानीय शासन विज्ञ डा. सीता ढुंगाना र कणर्ाली प्रदेश प्रहरीका प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल प्रशिक्षकको भूमिकामा छन् । शान्ति सुरक्षा कायम गर्दा आएका समस्या, चुनौती, असल अभ्यासको बारेमा छलफल गर्न जनप्रतिनिधि तथा कर्मचारीको लागि क्षमता विकास तालिम संचालन गर्न आवश्यक देखिएको डा. ढुंगानाले जानकारी दिइन् ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुका काम, कर्तव्य र अधिकार, वडा स्तरमा गरिने योजना तर्जुमाको प्रक्रिया, स्थानीय तहको वार्षिक बजेट तथा वित्त व्यवस्थापन, सूचनाको हक, स्थानीय तहमा पूर्वाधार विकासका मापदण्ड, दिगो विकासका लक्ष्यलाई नीति तथा कार्यक्रममा समावेश गरी स्थानीयकरण, सेवा प्रवाहमा जवाफदेहिता र पहुँचयुक्त वनाउन सहयोग पुर्‍याउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको उनको भनाई थियो ।
कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख ढकाल, उप-प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोखरेल, नगरको योजना शाखाका प्रमुख पिताम्बर पौडेल, लेखा अधिकृत मानबहादुर ठाडा, ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख रमेश राई, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

जनप्रतिनिधिलाई क्षमता विकास तालिम

एमयूको सम्बन्धन स्थगित गरे के हुन्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *