आज स्वस्थानी व्रत समापन हुँदै

काठमाडौँ,२२ माघ ।

एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आजबाट समापन हुँदैछ। आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ। पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन हुन्छ।

काठमाडौंमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला पनि आजैबाट समापन हुन्छ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ। आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ।

आज स्वस्थानी व्रत समापन हुँदै

टिमुर उत्पादन आधा घट्यो

आज स्वस्थानी व्रत समापन हुँदै

राजधानी पूर्वाधारयुक्त बनाइने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!