रास्वपाका सभापति रवि लामिछानेले ’विशेष’ पत्रकार सम्मेलन गर्दै

काठमाडौं,२२ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज ’विशेष’ पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्। उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्।

’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’उनले लेखेका छन‍्।

पुनःनागरिकता लिएपछि लामिछाने गृहमन्त्रालयमा दावी गर्दै आएका छन्। लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेक अन्य मन्त्रालय दिनसक्‍ने बताएपछि थप निर्णय लिने रास्वपाले केहीबेरमा केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाएको छ।

गृहमन्त्री नपाउने भएपछि सरकार छोड्‍ने चेतावनी रास्वपाले दिएको छ। सोही विषयमा टुंगो आजको बैठकले लगाउने जनाएको छ। नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि लामिछानेको उप्रधान,गृह र सांसद पद गुमेको छ।

अन्नपुर्ण 

रास्वपाका सभापति रवि लामिछानेले ’विशेष’ पत्रकार सम्मेलन गर्दै

विद्यालय गाभ्दै स्थानीय सरकार

रास्वपाका सभापति रवि लामिछानेले ’विशेष’ पत्रकार सम्मेलन गर्दै

टिमुर उत्पादन आधा घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!