प्रेस चौतारीको स्थापना दिवस :  वीरेन्द्रनगरमा १५ जना द्धारा रक्तदान

सुर्खेत,२२ माघ ।

 प्रेस चौतारी नेपाल सुर्खेत शाखाले २५ औं स्थापना दिवसका अवसरमा रक्तदान गरेको छ । आईतवार २५ औ स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ जना दाताहरुले रक्तदान गरेका थिए ।

जसमा गाविन्द खत्री, टेकेन्द्र विश्वकर्मा, त्रिभुवन विसी, दिपक बहादुर बुढा, नमराज सार्की, गणेश कन्चन भारती, कमल शर्मा, शेर बहादुर थापा, ललित बस्याल लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए । प्रेस चौतारी नेपाल सुर्खेत शाखा अध्यक्ष गाविन्द खत्रीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले “समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुलमर्म” भएको बताउँदै समाज रुपान्तरणको अभियानमा प्रेस चौतारीसँग आबद्ध पत्रकारहरुको भूमिका उल्लेख्य भएको र यसलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिए ।

उनले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । साथै उनले पत्रकारितालाई स्वच्छ, निष्पक्ष र बलियो बनाउन कसरी सकिन्छ भन्ने कुरालाई पनि गम्भीर भएर सोच्न आवश्यक रहेको बताएका छन्  ।

रक्तदान कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा सुर्खेतका अध्यक्ष गोविन्द खत्री, प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतका सहसचिव दिनेश वुढा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष ललित बस्याल लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रेस चौतारीको स्थापना दिवस :  वीरेन्द्रनगरमा १५ जना द्धारा रक्तदान

YUGAAWHAN NATIONAL DAILY (2079-10-22)

प्रेस चौतारीको स्थापना दिवस :  वीरेन्द्रनगरमा १५ जना द्धारा रक्तदान

विद्यालय गाभ्दै स्थानीय सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!