मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन– गृहमन्त्री लामिछाने

काठमाडौं‌,२१ पाैष ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन्। बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताएका हुन्। ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने।

यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए। ’बिहीबार यसको मस्यौदा तयार गरी शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ’, उनले भने। मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम÷कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उनले बताए।

यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ। उनले बैठकमा समसामयिक राजनीति र राहदानी विभागको सिस्टम डाउनबारे पनि छलफल भएको गृहमन्त्री लामिछानेले बताए।

सेताेपाटी 

मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन– गृहमन्त्री लामिछाने

चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न युरोपेली संघको

मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन– गृहमन्त्री लामिछाने

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, एक÷दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!