नेपालगञ्जमा दादुराका लक्षण देखिएका बालकको मृत्यु

दाङ, २१ पाैष ।

बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो। शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। ती बालकमा दादुराको लक्षण देखा परेको उनले बताए।

ज्वरो आउने, शरिरका विभिन्न भागमा राता–राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो। वडा नम्बर ५ मा ८ जना बालबालिकामा उच्च ज्वरोसहित दादुराका लक्षण देखा परेको उनले बताए। सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ।

नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्। उनीहरूको उपचार भइरहेको छ। उनीहरूलाई दादुराको खोप लगाइएको थिएन। नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको थियो।

सेताेपाटी 

नेपालगञ्जमा दादुराका लक्षण देखिएका बालकको मृत्यु

तराईमा दिनभरजसो हुस्सु र कुहिरो लाग्ने, उच्च

नेपालगञ्जमा दादुराका लक्षण देखिएका बालकको मृत्यु

चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न युरोपेली संघको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!