आलुबारीमा भेटियो किशोरको शव

सुनसरी,२१ पाैष ।
सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ। कोसी–२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए। किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो। उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए। उनी घरबाट लौकही गएको र हराएका थिए।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाको अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ।

सेताेपाटी 

आलुबारीमा भेटियो किशोरको शव

दुर्गममा भिडियो एक्सरे सेवा

आलुबारीमा भेटियो किशोरको शव

तराईमा दिनभरजसो हुस्सु र कुहिरो लाग्ने, उच्च

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!