बौलाहा कुकुरको आतङक फैलिए संगै, गुर्भाकोटमा रेविज बिरुद्दको खोप धमाधम लगाईदै

दिलिप ढकाल

सुर्खेत,२१ पाैष ।

पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले पालिका भित्रका प्रत्येक वडाहरूमा कुकुरलाई रेविज बिरूद्दको खोप लगाउने कार्य शुरू गरेको छ। गाउँ बस्तीहरूमा बौलाहा कुकुरले मानिहरू तथा पशु चौपाया लाई टोकेपछि यो अभियान शुरू गरिएको हो ।

पौष १९ गते नगर प्रमुख हस्त पुनको अध्यक्षतामा बसेको बैठकले प्रकोप रोकथाम,नियन्त्रण र उपचारको लागि विभिन्न निर्णय गरेको थियो। सोहि निणय अनुसार बुधाबार गुर्भाकोट नगरपालिका को वडा नम्बर ११,१२ र १४ का विभिन्न स्थानमा अकुकुरलाई रेविज बिरुद्दको खोप लगाईएको छ ।

११,१२ र १४ वडामा गरि बुधबार १०० भन्दा बढी कुकुरमा रेविज बिरुद्दको खोप लगाईएको तथा २१ गते बिहिबार वडा नम्बर ६ र ७ मा कुकुरलाई रेविज बिरुदाको खोप लगाईने गुर्भाकोट नगरपालिका पशु शाखा प्रमुख ओम प्रकाश वलीले जानकारी दिए ।

वडा न. ११, १२,१३ र १४ मा मानिस तथा पशु चौपाया लाइ टोकेपछि यसलाई नियन्त्रण गर्न गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले नगर स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य शाखा सँग छलफल गरि खोप लगाउने कार्यलाइ अगाडि बढाउन सल्लाह दिए  ।

बौलाहा कुकुरको आतङक फैलिए संगै, गुर्भाकोटमा रेविज बिरुद्दको खोप धमाधम लगाईदै

YUGAAWHAN NATIONAL DAILY (2079-09-21)

बौलाहा कुकुरको आतङक फैलिए संगै, गुर्भाकोटमा रेविज बिरुद्दको खोप धमाधम लगाईदै

दुर्गममा भिडियो एक्सरे सेवा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!