भूकम्पः मृतकको संख्या १३६ पुग्यो, १४० घाइते

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३६ पुगेको छ ।

मृत्यु हुनेहरुमा जाजरकोटमा मात्र ९८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९८ जनाको ज्यान गएको पुष्टि भएको हो ।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी जाजरकोटमा कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए । उनीहरूमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारकालागि सुर्खेत रिफर गरिएको छ ।

त्यस्तै, रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यहाँ ८५ जना घाइते छन् । उनीहरूमध्ये ७ जनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत ल्याइएको छ । त्यस्तै, १० जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अहिले पनि खोज तथा उद्धारको काम जारी छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

शनिवार राति ११ः४७ बजेको समयमा गएको ६.४ रेक्टर स्केलको भूकम्प पछि थप चार वटा पराकम्पन्न गईसकेका छन् ।

भूकम्पः मृतकको संख्या १३६ पुग्यो, १४० घाइते

जाजरकोट केन्द्रविन्दु भएर ५ वटा भूकम्पका धक्का

भूकम्पः मृतकको संख्या १३६ पुग्यो, १४० घाइते

भूकम्पले जुम्लामा समेत क्षतिः पाँच जना सामान्य