नेपाल एयरलाइन्सद्वारा कर्णालीमा अनलाइन टिकट प्रणाली लागू

मुगु,२१ माघ ।

नेपाल एयरलाइन्सले नेपालगन्जदेखि कर्णालीका दुर्गम जिल्लामा उडानका लागि पहिलो पटक अनलाइन प्रणाली लागू गरेको छ । अनलाइन प्रणाली यही माघ १९ गते बिहीबारदेखि लागू गरिएको हो ।

नेपालगन्जदेखि उडान हुने कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र रुकुमसहित सुदूरपश्चिम बाजुरामा अनलाइन टिकट प्रणाली लागू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख किरणमान श्रेष्ठले कान्तिपुरलाई जानकारी गराए ।

नेपालगन्जदेखि माथि जान र तल झर्न दुवैतर्फ अनलाइन टिकट प्रणाली लागू भएकोले यात्रु वर्गलाई सहज हुने उनको विश्वास छ ।शक्तिकै भरमा हवाई टिकट वितरण हुने र सर्वसाधारण यात्रुले भनेको समयमा टिकट नपाउँदा सास्ती खेप्नु परेको अवस्थालाई मध्यनजर गरी कर्णालीका दुर्गम जिल्लामा अनलाइन टिकट प्रणाली लागू गरिएको श्रेष्ठले बताए ।

कर्णालीसहित हिमाली दुर्गम जिल्लामा अनलाइन टिकट प्रणाली लागू गर्दा सर्वसाधारण यात्रुलाई आउजाउ गर्न सहज हुने मुगुका सांसद ऐनबहादुर शाहीले विश्वास व्यक्त गरे ।

नेपाल एयरलाइन्सद्वारा कर्णालीमा अनलाइन टिकट प्रणाली लागू

कालीकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई

नेपाल एयरलाइन्सद्वारा कर्णालीमा अनलाइन टिकट प्रणाली लागू

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का

Leave a comment

Your email address will not be published. Required fields are marked *