रोलर सहितको ग्राभेलको ठेक्का दीक्षा एण्ड दिलिप लाई

दिलिप ढकाल

सुर्खेत,२१ माघ ।

पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकाले प्रदेशमै पहिलो पटक गर्न लागेको रोलर सहितको सडक ग्राभेलको ठेक्का दीक्षा एण्ड दिलिप कन्स्ट्रक्सन ले पाएको छ।

९ वटा निर्माण कम्पनीले आबेदन दिएकोमा सबै भन्दा कम लागतमा दीक्षा एण्ड दिलिप कन्स्ट्रक्सनले रोलर सहितको सडक ग्राभेल गर्न सक्ने आशय पेस गरेपछि सोहि निर्माण कम्पनि लाई ठेक्का दिईएको नगरपालिकाले जनाएको छ।

१० नम्बर वडामा भएको केहि बजेट र नगरपालिकाको सहयोगमा करिब १९ लाख बराबरको रकममा खोलिएको टेन्डरमा दीक्षा एण्ड दिलिप कन्स्ट्रक्सनले ९,६३,३५७.४७ मा रोलर सहितको सडक ग्राभेल गर्न सक्ने उल्लेख गरेको छ।

ग्राभेल गरि रोलार ले बाटो बनाउन धेरै समय कुर्नु पर्दा सडकको ढुंगा गिट्टी छेउ तिरको खेतबारीमा जाने र घर,बिद्यालय वा अफिस जादा आउदा पनि असहज हुने तथा आधा बाटोमै सवारी साधन रोक्नु पर्ने अबस्थालाई मध्यनजर गर्दै वडा भित्रका भित्रि बाटोको ग्राभेलको लागि वडा कार्यालयको प्रश्तापमा नगरपालिकाले प्रदेशमै पहिलो पटक रोलर सहितको सडक ग्राभेलको लागि कोटेसन आह्वान गरेको भेरिगंगा नगरपालिका वडा नमब्र १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले जानकारी दिए ।

रोलर सहितको ग्राभेलको ठेक्का दीक्षा एण्ड दिलिप लाई

बँगुर बिक्रि नहुदाँ उमालाल संकट्मा

रोलर सहितको ग्राभेलको ठेक्का दीक्षा एण्ड दिलिप लाई

हिमाली भेगमा आजबाट हिमपात

Leave a comment

Your email address will not be published. Required fields are marked *