मेहलकुना अस्पतालमा रेबिज बिरुद्दको इमोनोग्लोबिन खोप सेवा पुन : सुचारु

दिलिप ढकाल
सुर्खेत,२० पाैष ।
पूर्वी सुर्खेतको एक मात्र सरकारी अस्पताल मेहेलकुना अस्पतालमा रेविज बिरुद्दको खोप सेवा पून : सुचारु भएको छ। मेहेलकुना अस्पतालले एक सुचना जारि गर्दै यस अघि ईम्युनोग्लोबुलिन सुई को अभाबमा रोकिएको रेबिज बिरुद्दको खोप संचालनमा आएको जानकारी गराएको हो।
अस्पतालको सुचनामा मेहेलकुना अस्पतालको ईमेर्जेन्सि शाखामा मिति २०७९ पौष १६ गते का दिन साझ करिब साढे ६ बजे तिर कुकुरले टाेकेको बिरामी उपचारको लागि आएको र कुकुरले टोकेको घाउ ठुलो भएकाले रेविजको सुई ए.आर.भी.सँगै ईम्युनोग्लोबुलिन सुई पनि लगाउनु पर्ने भएकाले यस अस्पतालमा रेविजको सुई भएको तर रेविज ईम्युनोग्लोबुलिन सुई नभएकाले प्रदेश अस्पाताल सुर्खेत रिफर गर्नु परेकाे जानकारी गराईएको छ।
साथै रेविज ईम्युनोग्लोबुलिन सुईको अभाव नहोस भनेर खरिद प्रक्रिया अगाडी बढाईसकिएको भएतापनि उक्त रेविज ईम्युनोग्लोबुलिन सुई उत्पादन हुने स्थानमा नै प्रयाप्त उत्पादन नभएकाले सप्लायर्सले यस अस्पताल लाई समयमै आपूर्ति गर्न नसकेको वेहोरा जानकारी गराईएको छ। तर केहि संचार माध्यम तथा मिडियाले सत्य तथ्य कुरा नबुझी मेहेलकुना अस्पताल प्रति गलत समाचार प्रसारण गरेकोमा अस्पताल प्रशासन ध्यानाकर्षण भएको जनाएको छ।
साथै नेपालका सरकारी अस्पताल मध्ये मेहेलकुना अस्पताल रेविज ईम्युनोग्लोबुलिन सेवा प्रदान गर्नेमा दोस्रो अस्पताल रहेको कुरा अवगत गराउदै गलत सुचानाको पछि नलागी अस्पताललाई सहयोग गरिदिन आम नगरिक तथा सरोकार वाला सबै लाई अनुरोध गरिएको छ। साथै मेहेलकुना अस्पतालमा मिति २०७९ पौष १९ गते देखि रेविज ईम्युनोग्लोबुलिन सेवा पूर्णसुचारु भएको सर्वसाधारण मा जानकारी गराईएको छ।






