माधव नेपालको प्रश्न– हामीले थ्रेसहोल्ड पार गरेको भए कसैले हवाईजहाज दिन्थ्यो, रकम दिन्थ्यो?

काठमाडौं,२० पाैष ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत मंसिरको चुनावमा नेता तथा कार्यकर्ता राम्रोसँग जनताका बीचमा नखटेकोले थ्रेसहोल्ड पार गर्न नसकिएको बताएका छन्। थ्रेसहोल्ड पार गर्न नसक्दा (३ प्रतिशत मत) नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेको थिएन भने समानुपातिकतर्फ प्रतिनिधि सभामा एक सिट पनि प्राप्त गरेको थिएन।

उनले गत मंसिरको चुनावमा सोचेजस्तो परिणाम नआएको बताए। आज पार्टी कार्यालयमा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरूलाई बधाई दिँदै अध्यक्ष नेपालले भने, ‘सोचेजस्तो परिणाम आएन। कतिपय मानिसहरूका अनुहार खिस्रिक्क परेको जस्तो देखिन्छ। हामीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १० सिट जितेको हो, यसको हैसियत संसदमा हुन्छ।’

उनले पार्टीका नेता तथा कार्यकर्ताका कमजोरीले गर्दा पार्टीले थ्रेसहोल्ड नकटाएको पनि दाबी गरेका थिए। ‘जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन र थेसहोल्ड पार भएन,’ उनले भने, ‘हाम्रा नेता कार्यकर्ता जसरी खट्नुपर्थ्यो त्यसरी भएन।’

उनले थेसहोल्ड पार गर्न नसके पनि केही नहुने बताए। ‘थ्रेसहोल्ड पार गरेको भए हामीलाई एउटा हेलिकप्टर वा हवाईजहाज दिन्थ्यो कि केही दिनेवाला थिएन। कुनै पार्टी अफिस दिन्थ्यो कि, कुनै रकम दिन्थ्यो कि केही दिन्थेन,’ उनले भने, ‘कतिपय देशमा सिटका आधारमा सरकारले पैसा दिने व्यवस्था छ। तर यहाँ केही फरक पर्नेवाला छैन।’ उनले आफूहरूको पार्टी दर्ता भएको र वैधानिक पार्टी भएको बताए। थ्रेसहोल्ड नकटाए पनि सांसदहरूलाई ह्वीप लाग्ने उनले बताए।

सेताेपाटी 

माधव नेपालको प्रश्न– हामीले थ्रेसहोल्ड पार गरेको भए कसैले हवाईजहाज दिन्थ्यो, रकम दिन्थ्यो?

सत्ता गुमेपछि देउवाको प्रतिक्रिया– वी विल कम

माधव नेपालको प्रश्न– हामीले थ्रेसहोल्ड पार गरेको भए कसैले हवाईजहाज दिन्थ्यो, रकम दिन्थ्यो?

उद्योगी र व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छौं

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!